खुल्ला कसिमला पाँय् प्रतियोगिता । पुस २०, २०८१

खुल्ला कसिमला पाँय् प्रतियोगिता । पुस २०, २०८१

२० पुस, भक्तपुर । यस सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा संस्थाको ३१औं स्थापना दिवसको अवसरमा खुल्ला कसिमला पाँय् प्रतियोगिता भ.न.पा. ७ इनाचो परिसरमा सम्पन्न भयो ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले असफलता नै सफलताको प्रतिक हो भन्नुहुँदै खेलमा हर र जित भई रहने तर हार पश्चत आत्मविश्वस नहारी निरन्तर प्रयास गर्दा पक्कै सफलता मिल्ने बताउनुभयो । उहाँले प्रतियोगिताले सदस्यहरुको वौद्धिक विकास हुने बताउँदै संस्थाको ३१औं स्थापना दिवसको अवसरमा संस्थाबाट सदस्यहरुको सिपविकास तथा क्षेमता विकस गर्ने विभिन्न कार्यक्रमहरु आयोजना भई रहेको जनाकारी दिनुभयो ।
उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति विष्णुराम दुमरुले खेल क्षेत्र विकास गर्न युवा उपसमितिले हरेक वर्ष विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिनुभयो । उहाँले समुदायमा आधारित सहकारी संस्थाहरुले सामाजिक कार्य गर्दै गर्दा नाफमुखी सहकारी संस्थाले आर्थिक अपचलन गर्दा सम्पूर्ण सहकारी क्षेत्रको बदनामी भई रहेको बताउनुभयो ।
उहाँले हालै मात्र जारी भएको सहकारी अध्यादेश पारित भएको खण्डमा समुदायमा आधारित सहकारी संस्था सञ्चालन गर्न कठिन हुने र बन्द समेत गर्नुपर्ने अवस्था निम्त्याउने बताउँदै सो अध्यादेशको विरोध गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सहकारी संस्थाले कृषि एवं शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने अवस्थामा जारी गरिएको अध्यादेशले सहकारी संस्थाको लागानी क्षेत्रमा लगाम लगाउने कार्य गरेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका निमित्त व्यवस्थापक चन्द्र प्रसाद दुमरुले प्रतियोगितामा सहभागी सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुहुँदै भक्तपुर नगरपालिकाले संरक्षण तथा प्रवद्र्धन गर्न कसिमला पाँय् खेल विद्यार्थीहरुको पाठ्यक्रममा समावेश गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा शारदा माध्यमिक विद्यालयका शिक्षक विनय किरण कोजुले शिक्षा हासिल गर्ने एउटै केन्द्र विद्यालय मात्र नरहेको भन्नुहुँदै विभिन्न अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीहरुको शाररिक तथा वौद्धिक विकास गर्ने बताउनुभयो । उहाँले कसिमला पाँय खेलले विद्यार्थीहरुको वौद्धिक विकास हुने भन्नुहुँदै विद्यार्थीहरुलाई हरेक खेलमा सहभागी हुन इच्छुक हुनुपर्ने बताउनुभयो ।
६४ जना सहभागी उक्त प्रतियोगितामा रामेश्वर लाखाजु प्रथम, सकिला स्याङतान द्वितिय, सुजेन खर्बुजा र रोजउल ह्योंग्वा संयुक्त तृतिय बन्न सफल भएका थिए साथै कार्यक्रममा उपसमितिका सचिव जसतारा कोजुले पनि बोल्नुभएको थियो ।