अनिवार्य शिक्षा शिविर सम्पन्न । २०८० वैशाख १५
अनिवार्य शिक्षा शिविर
१५ वैशाख, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई सहकारीता तथा संस्थाका सेवा सुविधा सम्बन्धि जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर संस्थाको तालिम हल खचाँमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष एवं सञ्चालक सदस्य हरिरत्न गोर्खालीले आफु सदस्य भएको सहकारी संस्थाको सेवा सुविधा तथा सञ्चालकहरु जानकारी राख्नुपर्ने भन्नुहुँदै संस्थाका गतिविधिहरु र साधारण सभामा सहभागी भई आवश्यक सल्लाह सुझाव दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले हाल पुजीवादी प्रावधानमा सहकारी संस्था सञ्चालन भएको कारणले सहकारी संस्थाहरु सहकारी मर्ममा सञ्चालन नभएको बताउनुभयो । उहाँले माथिल्लो निकायका व्यक्तिहरुले खराब संस्थाका सञ्चालकहरुको संरक्षण गर्दा आम जनताहरुले दुःख पाएको र धेरै संस्थाहरुमा अनियमितता बढेको समस्या औँल्याउँनुभयो । “ऋणी सदस्यहरुले समयमा ऋण भुक्तनी नगर्नाले पनि सहकारी संस्था समस्यामा परेको हो” उहाँले भन्नुभयो ।
उहाँले संस्थाको विभिन्न कार्यक्रमका प्रमुख अतिथिहरुको असल मार्ग निर्देशनको पालना गरी पारदर्शी तवरले नीतिमा सञ्चालन भएको हुनाले संस्था सफल भएको बताउनुभायो ।
कार्यक्रमका सभापति एवं संस्थाका सचिव विष्णु प्रसाद दुमरुले संस्थाको पृष्ठभुमिको जानकारी दिनुहुँदै नीतिमा रहि पुर्ण प्रकृया पुरा गरी ऋण लगानी भएकै कारण संस्था आज सम्म पनि सुरक्षित रहेको बताउनुभायो । उहाँले संस्था समुदायमा आधारित रहि वित्तीय तथा समाजिक सेवा प्रवाह गर्दै आएको भन्नुहुँदै सामुहिक व्यवसाय सुरु गर्न सामुहिक निवेदन दिएमा संस्थाले समुह जमानीमा ऋण सेवा प्रवाह गर्दै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई,उपसमितिका सचिव किरण बनमाला र उपसमितिका सदस्य रामहरि ताम्राकारले पनि बोल्नु भएको थियो ।