अनिवार्य शिक्षा शिविर एवं पुरस्कार तथा प्रमाण–पत्र वितरण । २० पुस, २०८१
भक्तपुर , पुष २० । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर एवं पुरस्कार तथा प्रमाण–पत्र वितरण कार्यक्रम बागमती प्रदेश सभा सांसद माननीय श्रृजना सैंजुको प्रमुख अतिथ्यतामा सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् बागमती प्रदेश सभा सांसद श्रृजना सैंजुले नेपालमा सहकारी आन्दोलनले जनताहरुको आर्थिक प्रगतिको निम्ति मात्र नभई शिक्षा, स्वास्थ्य, कृषि, जस्ता थुप्रै क्षेत्रहरुको विकासको निम्ति टेवा पुऋयाएको भन्नुभयो । संसारमा सहकारी आन्दोलनको सुरुवात सन् १९१७ बाट नै भएको र सहकारी आन्दोनको माध्यमबाट नै थुप्रै राष्ट्रहरुमा किसानहरुको प्रगति भएको बताउनुभयो । उहाँले सुविधाजनक भक्तपुरको स्थापनामा सहकारी आन्दोलनको ठूलो भूमिका रहेको भन्नुहुँदै लेलिनले सय वर्ष अगा८ि नै अनुमान गरका दुई सहकारी आन्दोनका पक्षहरु अहिले लागु भइरको बताउनुभयो ।सैंजुले सिद्धि गणेश साकोसले झण्डै एक पुस्ताको निम्ति सेवा प्रदान गरेर समाजमा परिर्वतन ल्याउन अहम भूमिका खेलको बताउनुभयो ।
बागमती सभा सांसद श्रृजना सैंजुले संस्थाको ३१औँ स्थापना दिवसको अवसरमा मिति २०८१ पुस १० गते सम्पन्न भएको अन्तर विद्यालय÷सहकारी हाजिरी जवाफ प्रतियोगिताका प्रथम विजेता बासु मा.वि., दोस्रो विजेता वागीश्री मा.वि., तेस्रो र सान्तोना विजेता पारागन एकेडेमी (ख) र (क) लाई पुरस्कार वितरण गर्नु भएको थियो ।
कार्यक्रमका अतिथि एवम् संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले सहकारीको मूल्य र मान्यताहरु प्रष्ट पार्नुका साथै शिक्षा शिविरको महत्वबारे पनि प्रकाश पार्नुभयो । उँहाले सदस्यहरुको सहजताको लागि विभिन्न संघसंस्थाहरुसंग समन्वय गरी नयाँ नीतिनियमहरु लागु गर्दै संस्था अगाडि बढिरहेको भन्नुभयो साथै उहाँले सदस्यहरु शिक्षा शिविरमा बसेपश्चात् पाउने विभिन्न सुविधाहरुबारे पनि जानकारी दिनुभयो ।
कार्यक्रमका अतिथि एवम् संस्थाका निमित्त व्यवस्थापक चन्द्र प्रसाद दुमरुले संस्थाको ३१औँ स्थापना दिवसको अवसरमा विभिन्न प्रतियोगिताहरु, तालिमहरु, शिविरहरु र कार्यक्रमहरु भइरहेको जानकारी दिनुभयो । उँहाले सदस्य पहिचान फारम भर्दा संस्थाले सदस्यहरुको बारे सही जानकारी पाउने हुँदा नियम अनुसार फरम भरीदिनुहुन पनि आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापति एवम संस्थाका सचिव विष्णु प्रसाद दुमरुले पहिलेपहिले साहुमाजनसंग पैसा सापटि लिदा सबै सर्तहरु मान्दा पनि सहुमाजनको हेपाई खप्नुपरको कारणले गर्दा नै सिद्धि गणेशको माध्यमबाट समाजमा केहि राहत दिनको निम्ति साकोसको स्थापना भएको बताउनुभयो । सकोसले स्थापना काल देखि नै विभिन्न उपभोक्ता समिति गठन गर्दै सामाजिक सेवाहरु पनि गर्दै आएको भन्नुभयो । उहाँले सदस्यहरुलाई ब्याजको प्रलोभनमा नपरी संस्थाको गतिविधिहरुको आधारमा संस्थाहरुको मुल्याङ्कन गरी सदस्यता लिन आग्रह गर्नुभयो ।